Shikhar Insurance

अमेरिकी डलरको मूल्य घट्यो, कति छ आजको विनिमय दर?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १५ का लागि तोकेको सटही दरअनुसार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा छ । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्रा सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ । अमेरिकी डलर शुक्रबारको तुलनामा ८१ पैसाले घटेको हो । शुक्रबार अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२७ रुपैयाँ ९२ पैसा थियो ।

अब, नेपाली मुद्रा तिरेर डलर सटही गर्न चाहनेले एक डलर लिन १२७ रुपैयाँ ११ पैसा तिर्नुपर्छ । नेपालको मुद्राको भारतीय मुद्रासँग भने स्थिर विनिमयदर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतीय मुद्राको डलरसँगको विनिमयदर उतारचढाव हुँदा स्वतः त्यसको असर नेपाली रुपैयाँमा पर्छ। डलरको मूल्य बढ्दा विदेशबाट आयात गर्ने सामान महँगो हुनपुग्छ ।

त्यसैगरी, यूरोको विनिमय दर १२९ रुपैयाँ ८५ पैसा छ । यूके पाउण्ड इस्ट्रलिङको विनिमय दर १५४ रुपैयाँ ५८ पैसा छ ।

यस्तो छ आजको विनिमय दरः

 

GBIME

प्रतिक्रिया दिनुहोस्