Shikhar Insurance

अब बजेट कार्यान्वयनमा लाग्छु, आत्मनिर्भर अर्थतन्त्रको जग बस्छ

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार १९:४९
NIMB
Nabil Bank

काठमाडौं । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफुले ल्याएको बजेट कार्यान्वयनको पाटो अब अघि बढाउने बताएका छन् । उनले आइतबार अर्थ मन्त्रीको पदभार ग्रहण गर्दै बजेट कार्यान्वय गरी देशलाई आत्मनिर्भरको दिशामा अघि बढाउने बताएका हुन् ।

मन्त्री शर्मालाई चालु आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्तिको हस्तक्षेप गराएको आरोप लागेपछि उनले गत असार २२ गते प्रतिनिधि सभाको बैठकमा राजिनामा दिएका थिए । तर, सो आरोपमाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले गत शुक्रबार सो आरोप प्रमाणित नभएको प्रतिवेदन पेश गरेपछि उनलाई प्रधानमन्त्रीले पुनः अर्थमन्त्रीको जिम्मेवारी सुम्पिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने–‘बजेटको मुल उदेश्य आयात प्रतिस्थापन गर्नु, उत्पादनलाई वृद्धि गर्नु र विदेशी मुद्रा सञ्चितीलाई बढाउने गरी ३ वटा मुलभुत उदेश्यमा केन्द्रित चालु आवको बजेट तयार गरिएको हो । बजेट निर्माणमा मन्त्रालयका सबै कर्मचारीको योगदान छ । उहाँहरु सबै यहाँ उपस्थित हुनुहुन्छ । सबैलाई धन्यवाद ।

अहिले देशको आर्थिक अवस्थामा विभिन्न युद्धका कारणले समस्या देखिएको छ । यस्तो परिस्थितिमा हामीले केही सवलिकरणमा सहजिकरण गर्नु पर्ने आवश्यकता देखिन्छ । मुल ३ वटा सिद्धान्त अनुरुप निर्मित बजेटलाई कार्यान्वयन गरेर नेपाललाई आत्मनिर्भताको दिशातर्फ अघि लैजाने प्रतिवद्धता यहा समक्ष राख्छु ।’

अर्थमन्त्री शर्माले आफुलाई विस्वास गरेको भन्दै प्रधानमन्त्री, अध्यक्ष प्रचण्ड ज्यू र नेताहरु माधव कुमार नेपाल, उपेन्द्र यादव लगायत सबैलाई धन्यवाद दिँदै मन्त्रालयका कर्मचारीहरुलाई विगत १ वर्षयता भइरहेको सहकार्य आगामी दिनमा पनि गर्न उनले आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्