Shikhar Insurance

यही साता २ वाणिज्य बैंक सहित ६ वित्तीय संस्थाले मर्जरको स्वीकृति पाउँदै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १२:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको स्वीकृति दिने तयारी गरेको छ । केन्द्रीय बैंकले २ वाणिज्य बैंक र ४ वटा लघुवित्त संस्थालाई मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिन लागेको हो ।

अहिले राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी स्वीकृतिको पाइपलाइन १० वटा बैंक तथा वित्तीय संस्थाहरु छन् । जसमध्ये ६ वटा वाणिज्य बैंक र ४ वटा लघुवित्त संस्थाहरु हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पाइपलाइनमा रहेका संस्थाहरुमध्येबाट वाणिज्य बैंकहरुतर्फ हिमालयन र सिभिल बैंकलाई सैद्धान्तिक स्वीकृति दिन लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । साथै, सीवाइसी लघुवित्त र आँधीखोला लघुवित्त, र्मिमिरे लघुवित्त र बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर तथा प्राप्तिको सैद्धान्ति स्वीकृति दिन लागिएको हो ।
‘आवश्यक सबै प्रक्रिया पुरा भइसक्यो, बोर्डले पास गरेको खण्डमा यी वाणिज्य बैंक र लघुवित्त संस्थाले यही साता सैद्धान्तिक स्वीकृति पाउँछन् ।’–राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ।

मर्जरको पाइपलाइनमा भएका मेगा बैंक/नेपाल इन्भेष्टमेण्ट बैंक र बैंक अफ काठमाण्डू/ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकलाई राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको सैद्धान्तिक स्वीकृति अघिल्लो साता नै दिएको हो । आइतबार प्रभु बैंक र सेञ्चुरी बैंकले पनि मर्जरको सम्झौता गरी स्वीकृति लागि राष्ट्र बैंकमा आवेदन दिएसँगै मर्जर तथा प्राप्तिको पाइपलाइनमा हुने बैंक तथा वित्तीय संस्थाको संख्या कुल १२ वटा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्