Shikhar Insurance

रिलायन्स लाइफलाई समितिको २४घण्टे अल्टिमेटम, पुर्व सीइओ समेत अनुसन्धानको दायरामा

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १६:१९
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्सलाई २४ घण्टे अल्टिमेटम दिएको छ । समितिले कम्पनीलाई बीमक सर्जन विक घटना प्रकरणको छानबिनको लागि आवश्यक कागजात सहित २४ घण्टा भित्र उपस्थित हुन कम्पनीलाई निर्देशन दिएको हो ।

समितिले कम्पनीको बाँके जिल्ला शाखा कार्यालयबाट बीमा पोलिसी खरिद पछि सडक दुर्घटनामा मृत्यु भएको बीमिक विकबारेमा विस्तृत छानबिन प्रक्रिया अघि बढाउँदै सम्बन्धित पक्षलाई समितिमा उपस्थित हुन आइतबार साँझ नै पत्र पठाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले पत्रमार्फत् भनेको छ ‘त्यहाँ बीमकबाट बीमित सार्जन विकको नाममा जारी भएको बीमालेखमा जोखिमाङकन तथा दावी भुक्तानी प्रकृयामा अनियमितताजन्य कार्य भएको बीमालेखबाट गैर कानूनी लाभ लिन बीमितको हत्या तथा अपराधजन्य घटना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोबाट समेत अनुसन्धान भएको भनी बिभिन्न पत्र पत्रिका तथा अनलाईन खबरहरूमा प्रकाशन भएको प्रति समितिको ध्यानाकर्षण हुन गएको छ । यस सम्बन्धमा बीमा ऐन २०४९ को दफा ३९ बमोजिम जाँचबुझ प्रयोजनका लागि उक्त बीमालेखसंग सम्बन्धित निम्न लिखित कागजात सहित पत्र प्राप्त भएको २४ घण्टाभित्र समितिमा उपस्थित हुन निर्णयानुसार जानकारी गराईएको छ ।’

रिलायन्स लाइफबाट करिब ३ वर्षअघि गरिएको म्यादी बीमा प्रकरणबारे समितिले बिषेश चासो देखाउँदै कम्पनीलाई पत्र काटेको हो । समितिले कम्पनीलाई सोमबार कार्यालय समयावधी भित्र बीमालेख, प्रस्ताब फारम, आम्दानीको श्रोत, करचुक्ता, स्वास्थ्य सम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमाडकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने अधिकृतहरूको विवरण माग गरेको हो । साथै, दावी भुक्तानी सम्बन्धीः दावी फारम, मृत्युदर्ता तथा नाता प्रमाणित, दावी विभागका सम्बन्धित अधिकारी, उपसमितिको नामनामेसी तथा निर्णय, डिस्चार्ज भौचर समेत माग गर्दै सम्बन्धि व्यक्तिहरुलाई उपस्थित हुन निर्देशन दिएको हो ।

यस्तै समितिले ककम्पनीलाई पुनरबीमा सम्बन्धी कागजात, अभिकर्ताको नाम, ठेगाना र विवरण, सो यस सम्बन्धमा अन्य निकायसँग भएको पत्राचार समेत लिएर उपस्थित हुन भनेको छ । कम्पनीले बीमा लेख जारी गर्दाको समयका कार्यकारी अधिकृतदेखि सम्बन्धित विभागिय प्रमुख र बीमा पोलिसी जारी गर्दाको संलग्न अन्डर राइटर, अभिकर्ता, सम्बन्धित शाखा कार्यालयका कर्मचारी र कार्यालय प्रमुख लगायत कार्यवाहक सीइओलाई समेत उपस्थित गराएर छानबिन शुरु गरिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले सिंहदरबारलाई जानकारी दिए ।

समितिले जीवन बीमा गरी नियोजित हत्या गराएर दावी भुक्तानी लिने बीमित माथि र कम्पनीमाथि बीमा कारवाही अघि बढाएको उनले बताए ।
‘अभिकर्ता भनेको पहिलो अन्डरराइटर हो, पहिलो गल्ती बीमितको हकवालार अभिकर्ताबाटै भएको हो,’ समितिका प्रवक्ता पौडेले सिंहदरबासँग भने, ‘अभिकर्ता र बीमा कम्पनीका कर्मचारीको हेलचेक्र्याईले नै यो घटना घटेको हो, उसचत छानबिन गरी दोषीलाई कानुनअनुसार कारवाही हुन्छ ।’

छानबिनले दोषी देखाएमा कम्पनीका सम्बन्धित पक्षलाई कारवाही र अभिकर्ताको लाइसेन्स खारेजी गरी थप कानुनी कारवाही गरिने उनले बताए ।

रिलायन्स लाइफबाट २०७७ फागुन २८ गते बाँकेका सर्जन विकले १ करोड २० लाख रुपैयाँको सावधिक जीवन बीमा र ७० लाख रुपैयाँको दुर्घटना बीमा गराएका थिए । उनले जीमा पोलिसी खरिद गर्दा हकवालामा आफ्नी श्रीमती सपना मल्लको नाम राखेका थिए । विकले बीमा गराएको एक महिना नबित्दै उनको सवारी दुर्घटनामा मृत्यु भएपछि कम्पनीले उनकी श्रीमती मल्ललाई २ करोड ५० लाख रुपैयाँ दावी भुक्तानी गरिसकेको थियो ।

तर, उक्त दावी भुक्तानीमाथि रि–इस्योरेन्सले शंका लागेको भन्दै केन्द्रिय अन्सन्धान ब्युरोमा छानविनको लागि अनुरोध गरेको थियो । छानबिनको क्रममा सो बीमा नियोजित रुपमा गराएर दावी भुक्तानी लिएको कुरा प्रहरीले बाहिर ल्याएको हो । कम्पनीले वार्षिक २ लाख आम्दानी भएको व्यक्तिको बार्षिक ५ लाख रुपैयाँ बढी प्रिमियम तिर्नु पर्ने बीमा पोलिसी बिक्री गरेको विषयमा कम्पनी समेत कारवाहीको दायरामा परेको समितिका प्रवक्ता पौडेलको भनाइ छ ।

घटनाको वास्तिविकता
सर्जन विकले बीमा पोलिसी खरिद गर्दा विवहा अघिनै सपना मल्ललाई कृतिम श्रीमती बनाएर हकवाला राखेका थिए । उनीहरुले २०७७ चैत २८ गते अर्थात् बीमा पोलिसी खरिद गरेको १ महिना पछि मात्रै अदालतमा विवाह गरेका हुन् । मल्लसँग विवाह भएको एक महिना नपुग्दै विकको सडक दुर्घटनामा मृत्यु भएपछि कम्पनीले दिएको साढे २ करोड रुपैयाँ दावी भुक्तानी विभिन्न ७ जना व्यक्तिमा बाँडफाँड भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जसमा विकको दुर्घटना गराउने व्यक्तिदेखि लिएर, सपना मल्लको आमा र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरिएको प्रहरीको अनुसन्धानले देखाएको हो ।

कम्पनीले बीमितको हकवालालाई दावी भुक्तानी दिएको करिब ५ महिना पछि पुनरबीमाको आग्रहमा सीआइबीले अनुसान्धान थाली घटना बाहिर ल्याएको हो । जसमा विवाह दर्तागर्नु अघि नै बीमा पोलिसी खरिद गरिएको, दावी भुक्तानी लिएपछि मृतकको अन्तिम संकारमा सपना मल्ल नपुगेको र श्रीमानको मृत्युपछि बीमा दावी भुक्तानी अन्य व्यक्तिको खातामा पठाइनु लगायतको घटना उक्त बीमा नियोजित रुपमा गराइ घटना घटाएर दावी रकम लिइएको प्रष्ट भएको छ । भने कम्पनीले बीमा पोलिसी बिक्री गर्दा बीमितिको बार्षिक आम्दानी, हकवालासँग नाता प्रमाणित गर्ने प्रमाण दुर्घटनाको समय र वमिा दावीको लागि दिइएको समयको अन्तराल निक्र्योल नगरिएको हुँदा अभिकर्ता, अन्डरराइटिङ र कम्पनी समेत सो प्रति जवाफदेशी ठहर भएका हुन् ।

बीमितको नियोजित हत्यापछि अन्डरराइटरलाई कारवाही र अभिकर्ताकाे लाइसेन्स खारेज गर्दै समिति

GBIME

प्रतिक्रिया दिनुहोस्