Shikhar Insurance

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फेरेन्सः बाउन्स ब्याक ईअर ७९/८० मा आक्रामक बजार विस्तार

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १७:१३
NIMB
Nabil Bank

चितवन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय बिजनेश एक्सिलेन्स कन्फेरेन्स सम्पन्न गरेको छ । चितवनको पर्यटकिय क्षेत्र सौराहामा साउन १३ देखि १५ गतेसम्म आयोजना भएको सम्मेलनलाई ‘अ बाउन्स ब्याक ईअर ७९/८०’ नाम दिईएको थियो ।

सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । संचालक बिमल प्रसाद ढकालले कन्फेरेन्सको उद्घाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद दिँदै चालु आवका लागि तय गरिएको व्यापार लक्ष्य पुरा गर्न निर्देशन दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिबृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्