Shikhar Insurance

पठाओ ट्याक्सी सेवा तेस्रो वर्षमा, सित्तैमा ट्याक्सी चढ्ने अफर

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।
कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ मा ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड निस्शुल्क हुने प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् ।

जसमा सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन, सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ । साथै अगस्ट १ देखि अगस्ट ९ भित्र ुतीनछक्क पर्ने योजनाु अन्तर्गत तीन जना क्याप्टेन (ट्याक्सी चालक) ले राइडको समयमा तीन जना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार लाइट सेवालाई नेपालमा लोकप्रिय बनाउन मद्दत गर्ने क्याप्टेन र सेवाग्राहीको अमूल्य योगदानको पहिचान गर्दै यो योजना ल्याइएको बस्न्यात बताउँछन् । ‘म र हाम्रो कम्पनी यो कोसेढुङ्गा पार गर्न पाएकोमा धेरै कृतज्ञ छौँ,ु बस्न्यात थप्छन्,ुहामी हाम्रा हजारौँ क्याप्टेन र सेवाग्राहीको समर्थनमा अर्को सफल वार्षिकोत्सवको प्रतीक्षामा छौँ । बस्न्यातले भने ।

गेटदेखि गेटसम्म सेवा रहेको पठाओको एपमा नै भाडा देखिने भएकाले बार्गेनिङको झन्झट नभएकाले पठाओ ट्याक्सी सहज र लोकप्रिय बनेको छ । पछिल्लो समय पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ। सन् २०१९ अगस्ट ९ मा पठाओले शुरू गरेको ‘कार लाइट’मा हाल करिब ९ हजार ट्याक्सी आवद्ध छन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ मार्फत नेपालमा सेवा सुरू गरेको ट्याक्सी सेवासँगै पठाओले पठाओ बजार, पठाओ फुड, पठाओ लोकल समेत सञ्चालनमा ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्