Shikhar Insurance

इसेवाले एक हजार जना विद्यार्थीलाई निःशुल्क छात्रवृद्धिमा प्लस टु पढाउने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १८:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन् ।

यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले १० तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन । यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपी हेर्न सकिनेछ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्