Shikhar Insurance

विदेशी निक्षेपमा १० प्रतिशत थप/घट, संस्थागतलाई २ प्रतिशत कम ब्याज

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार ०७:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशीम मुद्राको निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर थपघट गर्न पाउने व्यवस्था गर्न लाागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका सर्कुलर जारी गर्दै राष्ट्र बैंकले विदेशी मुद्राको निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर थपघटन गर्न सकिने व्यवस्था ल्याउन लागेको हो ।

नयाँ व्यवस्थाले विदेशी मुद्राको निक्षेप बढाई विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग पुग्ने दावी राष्ट्र बैंकले गरेको छ । साउन ६ गतेसम्म बाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक खर्ब ७ अर्ब रुपैयाँ रहेको छ । सो अवधीमा बाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर पनि सामान्य निक्षेपको भन्दा २ प्रतिशतले कम गर्नुपर्ने व्यवस्था अघि सारिएको छ । हालसम्म संस्थागत निक्षेपकर्ताहरुले साधारण निक्षेप भन्दा एक प्रतिशत कम ब्याजदर पाउँदै आएका थिए ।

कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ठूलो हुने र त्यसले ब्याजदरको अनावश्वक वृद्धि गरेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था अघि सारेको हो । यसले संस्थागत निक्षेपकर्ताहरुको आम्दानीमा संकुचन ल्याउनेछ । तर ब्याजदरको अनावश्यक वृद्धिलाई भने रोक्नेछ ।  राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात सिआरआर ४ प्रतिशत कायम गर्दैछ भने लघुवीत्तहरुले चुक्ता पुँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न पाउनेछन् ।
राष्ट्र बैंकको व्यवस्थापन समिति बैठकबाट पास भएमा सम्भवतः आजै सर्कुलर जारी हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्