Shikhar Insurance

आज अमेरिकी डलरकाे भाउ कति?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर(बिक्री दर) १२६ रुपैयाँ ७४ पैसा तोकेको छ । अघिल्लो दिनको तु्लनामा अमेरिकी डलर ३७ पैसाले घटेको हो । अघिल्लो दिन अमेरिकी डलरको भाउ १२७ रुपैयाँ ११ पैसा थियो । भने असार ३१ गते हाल सम्मकै उच्च १२८ रुपैयाँ ११ पैसा पुगेको थियो । सो दिन नेपाली रुपैयाँ इतिहासकै कमजोर रुपैयाँ बनेको थियो । त्यसयता भने अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको एक्चेन्ज रेट अन्य वाणिज्य बैंक तथा मुद्रा सटाहि गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।
पछिल्लो केही महिना यता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । मंगलबार नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर स्थिर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरः

 

GBIME

प्रतिक्रिया दिनुहोस्