Shikhar Insurance

सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुँदै कारोबार?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावल सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९५ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, तेजावी सुन पनि २ सय रुपैयाँले बढेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । मंगलबार चाँदी अघिल्लो दिनकै बराबरी १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्