Shikhar Insurance

समितिको परीक्षा पास पछिमात्रै अभिकर्ता, बीमितकाे हकवाला नाता प्रमाण पेश गर्नु पर्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले अभिकर्ता लाइसेन्स वितरण प्रकृयामा कढाइ गर्ने भएको छ । हाल एलएलसी वा एसइइ उत्तीर्ण भएका व्यक्तिलाई सम्बन्धित बीमा कम्पनीले १८ घण्टा आधारभुत तालिम दिएपछि समितिले अभिकर्ताको लाइसेन्स दिने गरेको छ ।

तर, अब भने समितिले आधारभुत तालिम लिएका व्यक्तिलाई परीक्षा लिएरमात्रै लाइसेन्स वितरण गर्ने बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । बीमित र बीमकबीचमा समन्वय गराउँदै व्यवसाय विस्तार गर्न अभिकर्ताको मुख्य भुमिका हुन्छ । तर, पछिल्लो समय केही अभिकर्ताहरुले नियतवस नै बीमाको गलत प्रयोग गरेको घटनाहरु बाहिर आएपछि लाइसेन्स वितरणमा कढाइ गर्न लागिएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘कुन व्यक्तिको आर्थिक क्षमता कति छ? कस्तो नियतले बीमा गर्न खोजिरहेको छ लगायतमा जानकार अर्थात् पहिलो अन्डर राइटर अभिकर्ता नै हो,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘कम्पनीले १८ घण्टे तालिम दिएकै भरमा अभिकर्ता बन्न पाइने भएपछि यस्तो विकृति शुरु भएको हो, अब योग्यता बढाएर परीक्षा पास हुनेलाई मात्रै लाइसेन्स दिन्छौँ ।’
समितिले अभिकर्ता बन्नको लागि न्यूनतम १२ पास भएकाहरुलाई कम्पनीले १ हप्ताको आधारभुत तालित दिने व्यवस्था गरी सोही तालिममा सिकाइएका विषय वस्तुमा आधारित भएर परीक्षा लिइने उनकाे भनाइ छ ।

‘समितिले दिएको परीक्षा पास गरेका व्यक्तिलाई पुनः कम्पनीले थप अभिकर्ताको अधिकार, दायित्व व्यवसाय विस्तारमा अभिकर्ताको भुमिका लगायत अन्य आर्थिक पाटोका विषयमा तालिम दिएपछि मात्रै समितिले लाइसेन्स दिन्छ,’ उनले थपे, ‘यस विषयमाा छलफल सुरु भइसकेको छ, केही दिनमै नियमावली संशोधन गरी सो व्यवस्था गरिनेछ ।’
समितिद्वारा सञ्चालित इस्योरेन्स इन्ष्टिचयुट अफ नेपालमार्फत् अभिकर्ताको परीक्षा लिइने व्यवस्था हुने उनले जानकार दिए । साथै समितिले अन्डरराइटरको योग्यता थप गर्ने र बीमितको हकवालामा नाता प्रमाण पेश गर्नु पर्ने विषयमा छलफल शुरु भएको उनले जानकारी दिए ।

‘अन्डर राइटरको पनि योग्यता र तालिम थप गर्ने विषयमा छलफल भएको छ, अबदेखि बीमितको हकवाला राख्दा नाता प्रमाण पनि पेश गर्नु पर्ने हुन्छ,’ समितिका प्रवक्ता पौडेलले भने, ‘यसअघिकै व्यवस्थामा हकवाताको नाता प्रमाण हुनुपर्ने उल्लेख भएपनि कम्पनीहरुले आधिकारिक प्रमाण नदिएको देखिएको छ । जसले गर्दा कृतिम हकवाला खडा गरी नियोजितक घटना घटाएर बीमा दावी भुक्तानी लिने क्रम शुरु भयो, यसलाई रोक्न समितिले बीमित र हकवालाको सक्कल नाता प्रमाण पेश गर्नुपर्ने प्रवधान राख्न लागेको हो ।’

पछिल्लो पटक रिलायन्स लाइफ इन्स्योरेन्स लाइफमा अभिकर्ताकै मिलेमतोमा बाँकेमा बीमित सर्जन विकको नियोजित हत्या गरी दावी भुक्तानी बुझेको घटना प्रहरीमार्फत् बाहिर आएपछि यस्तो कदम अघि बढाउन लागेको हो । हालसम्म बीमा समितिले साढे २ लाख भन्दा बढीलाई अभिकर्ताको लाइसेन्स दिएको भएपनि सक्रिय भएरका काम गर्ने करिब १ लाख जनामात्रै रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्