Shikhar Insurance

व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १३:४८
NIMB
Nabil Bank

राँझा । फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आएकी बिन्दु चर्तिमगरको परिवारलाई यतिबेला फूल रोप्न भ्याइनभ्याई छ ।

गत वर्षसम्म १० कट्ठा जमिनमा फूल खेती गर्दै आइएकामा यो वर्ष खेती विस्तार गरेर एक बिघा जमिनमा विस्तार गरिएको उनले बताइन् । किसान चर्तिमगरका अनुसार यो वर्ष नेपालगञ्ज–२० कट्ठा, टमनिकापुरमा १० कट्ठा र खजुरा–१ सैनिकमा १० कट्ठा गरी एक बिघा क्षेत्रफलमा सात हजार सयपत्री फूलका बिरुवा लगाइएको छ । गत वर्ष बाँकेमा व्यावसायिकरुपमा एक बिघा क्षेत्रफलमा फूल खेती गरिएकामा नेपालगञ्ज उपमहानगपालिका–२० मा चर्तिमगरले १० कट्ठामा, कोहलपुर नगरपालिका–३ मा विष्णु चौधरीले पाँच कट्ठा र खजुरा गाउँपालिका–३मा अरुणा गुरुङले एक कट्ठामा सयपत्री फूलको खेती गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यो वर्ष फूलको उत्पादन बढाउन जग्गाको क्षेत्रफल पनि बढाइएको छ । यो वर्ष चौधरीले कोहलपुर–३ मा १४ कट्ठामा पाँच हजार सयपत्रीको फूल लगाएका छन् भने खजुरा–३ मा गुरुङले दुई कट्ठामा सयपत्रीको फूल लगाएका छन् । चर्तिमगरले यो वर्ष १५ क्विन्टल र चौधरीले १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरेकी छिन् । विशेषगरी दसैँ र तिहारलाई लक्ष्य गरेर उनीहरुले फूल उत्पादन बढाउन लागेका हुन् । बाँकेका स्थानीयवासीले घर–घरमा पनि फूल उत्पादन गर्न थालेका छन् । यो वर्ष फूल उत्पादन गर्न तालिम दिइएपछि नेपालगञ्ज–२० मनिकापुरका महिलाहरुले पनि करिब पाँच कट्ठा जमिनमा सयपत्रीका फूल लगाएको पुष्प व्यवसायी चर्तिमगरले जानकारी दिइन्।

विन्दु, विष्णु र अरुणाले व्यावसायिक रुपमा पुष्प व्यवसाय गरेपछि अहिले बाँकेका थुप्रै महिला यसतर्फ लागेका छन् । पुष्प खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएपछि जिल्लामा फूल उत्पादन पनि बढ्दै गएको छ । विशेषगरी दसैँ र तिहारमा बढी फूलको माग हुने भए पनि अन्य धार्मिक कार्य तथा कार्यक्रममा पनि फूलको माग हुने गर्दछ । जिल्लामा प्रायः भारतबाट फूल आयात गरी यहाँका व्यापारीहरुले बिक्री गर्दै आएका थिए । जिल्लामै फूलको उत्पादन बढेमा भारतीय फूलको आयातलाई केही मात्रामा कमी गराउन सकिने पुष्प व्यवसायी चर्तिमगरको भनाइ थियो । उनिले नेपालगञ्जमा फूलको पसल सञ्चालन गरेर फूल बिक्री गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्