Shikhar Insurance

‘नेपालमा परिवर्तन चाहने नेता काटिन्छन्, जोखिम मोलेरै परिवर्तनशील उत्पादनमुखी बजेट ल्याए’

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १४:४४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा परिवर्तन चाहने नेताको टाउको काटिने जोखिम मोल्दै आफुले परिवर्तनशील बजेट ल्याएको बताएका छन् । उनले राजधानीमा आयोजिक ३०औं किसान सहिद दिवश कार्यक्रममा सो बताएका हुन् । सहिद किसान भिमदत पन्तले परिवर्तन चाहेकै कारणले टाउँको काटिएको उदाहरण दिँदै आफु पनि परिवर्तनकै बाटोमा रही जोखिम मोलेरै उत्पादनमुखी बजेट ल्याएको बताए ।

‘भिमदत्त पन्तले देखेको सामाजिक न्यायको सपना पुरा गर्न देशको आर्थिक वृद्धि महत्वपुर्ण हो । यसमा किसानहरुको भुमिका महत्वपूर्ण छ, श्रम स्रोत र प्रविधिको एकिकृत परिचान गर्दै आर्थिक वृद्धिको लागि उत्पादनमुखी बजेट ल्याएका छौं, आयातमा भरपरेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा भरपार्न सकिन्छ भन्ने उदेश्यले निर्माण गरिएको बजेट अब कार्यान्वयनमा तिव्रता दिइन्छ ।’
बजेटमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आएसँगै किकसानहरुले लघुवित्त संस्थाहरुबाट सहुलियतमा कर्जा पाउने, किसान पेनसनले कृषकको भविष्य सुनिश्चित हुने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अब राज्यको तर्फबाट किसानहरुलाई लघुवित्तमार्फत् सहुलियतमा ऋण लगानी हुन्छ, किसान पेनसन र किसानलाई आवश्यक तालिम र प्रविधिमा आधारित कृषि उद्योगहरुको विकास गराएर देशलाई कृषिमा आत्मनिर्भर बजेट कार्यान्वयनले गराउँछ ।’
हिजोको दिनमा राष्ट्रियतताको लागि धेरै जना सहिद भएको स्मरण गर्दै आजको दिनमा आफुपनि राष्ट्रयताकै लडाइ लडिरहेको उनले बताए ।

‘नेपालको राजनितिक क्षेत्रमा परिवर्तन चाहने नेताको टाउको काटिने प्रवृति छ, जुन हामीले आजको दिनमा पनि ब्याहोरिरहेका छौँ, परिवर्तन चाहनेले दमनकारी सत्ताका विरुद्ध नेपाली जनताले विद्रोह गरेका छन् । अहिले संवैधानिक राजनीतिले पुरा गरेको छ तर, व्यवहारिक रुपमा पुरा हुुन भने बाँकी नै छ । व्यवहारिक जीवनमा पुरा गर्नु आजको चुनौती र आवश्यकता हो ।’
राष्ट्रियताको लागि नालापानीमा लड्ने नेपालीको कथा भन्दै उनले भक्ति थापा सहिदहरु भिम दत्त र कामी बुढालाई पनि परिवतर्न चाहेकै कारणले टाउको काटिएको बताए ।

‘आजको दिनमा राष्ट्रियता भनेको सवल अर्थतन्त्र नै हो । हामी अहिले पनि तरकारी आयात गरेर खाइरहेका छौँ जबकी यो देशले निर्यात गर्नु पथ्र्याे । त्यसैले आजको दिनमा राष्ट्रियताको लागि सबैले उत्पादन क्षेत्रलाई सबल बनाउन जोड दिनु पर्छ । उत्पादनमा लाग्दै सामाजिक न्यायलाई जोड दियौं भने भिमदत्त पन्तले देखेको सपना पुरा हुन्छ ।’

काठमाडौं उपत्यकाको तरकारीको मागलाई वरिपरिकै जिल्लाबाट पुर्ति गर्ने गरी उत्पादनमा जोड दिन उनले किसानहरुलाई आग्रह गर्दै सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्