Shikhar Insurance

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १५:०७
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो । अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्