Shikhar Insurance

नेप्से सामान्य अंकले करेक्सन, कारोबार रकम अर्ब बढीले घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेप्से परिसूचक करेक्सन लिएको छ । दिनभरीको उतारचढाव सहित अन्तिममा परिसूचले २.७६ अंकले करेक्सन लिएकाे हो ।

नेपाल स्टक एक्चेन्जका अनुसार परिसूचक २.७६ अंकले घटेर २,१९३.४८ को विन्दुमा बन्द भएको छ । सो दिन ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने स्थिर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

१३ वटा समूहगत उपसूचकहरु मध्ये ६ वटा उपसूचक बढेको छ । दिनभरीमा २१७ कम्पनीको ७८ लाख १३ हजार १ सय २ कित्ता सेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँमा खरिदबिक्री भए । यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ३७ करोड कम हो । अघिल्लो दिन ४ अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । नेप्से परिसूचक सामान्य अंकले करेक्सन लिदा कारोबार रकम पनि घटेको छ ।

कारोबारमा आएका ८२ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको सेयर लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन् । समलिङ्गी पावर कम्पनीको लगानीकर्ताले ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको लगानीकर्ताले ९.९७ प्रतिशतले कमायका हुन् । भने, राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर धनीहरुले सबैभन्दा धेरै ४.२४ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमको आधारमा आज पनि  शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भए । कम्पनीको २९ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख ४३ हजार, फर्वाड माइक्रोफाइनान्सको ९ करोड २४ लाख ७३ हजार, गुडविल फाइनान्सको ९ करोड ४ लाख ३० हजार र यूनाइटेड फाइनान्सको ७ करोड ६० लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकाे थियाे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्