Shikhar Insurance

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, १ लाख ९ हजार ३ सय ७४ जनालाई पर्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १६:४०
NIMB
Nabil Bank

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । मंगलबार कम्पनीको आइपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलले गाेलाप्रर्था विधिमार्फत् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं नक्सालकाे नारायणचौरमा बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीको आइपीओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकले १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन दिएका थिए । प्राप्त आवेदनमा १५ लाख ४६ हजार २ सय ८४ आवेदनमात्रै याेग्य भएका थिए । याेग्य आवेदनबाट कम्पनीले गोला प्रर्था विधिमार्फत् ९ जनालाई ११ कित्ता र बाँकीलाई १० कित्ताका दरले कुल १ लाख ९ हजार ३ सय ७४ जनालाई आइपीओ बाँडफाँड  गरेकाे हाे।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेकको थियो । आइपीओमा परेका आवेदनमध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओको रिजल्ट मेरो सेयरको वेव साइट, बिओके क्यापिटलको वेव साइट र कम्पनीकै वेव साइटमा हेर्न सकिने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्