Shikhar Insurance

१०.५० प्रतिशत ब्याज पाइने एभरेष्ट बैंकको ऋणपत्र आज देखि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ०७:५९
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्र आजबाट निष्काशन भएको छ । बैंकले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

प्रतिकित्ता एक हजार रुपैयाँ दरले २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गगर्न अनुमति पाएको थियो । कुल निष्काशनको ४० प्रतिशतले हुने ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशतले हुने एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

६ वर्ष अवधिको सो ऋणपत्र खरिदका लागि छिटोमा साउन २२ गतेसम्ममा आवेदन दिन सकिन्छ । ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा न्युनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड बिक्रि प्रबन्धक रहेको ऋणपत्रमा सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

ऋणपत्र निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्