Shikhar Insurance

चीनसँग मुद्धा जितेर बीओके र हिमालयन बैंकले डेढ अर्ब रुपैयाँ ल्याउँदै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १७, मंगलवार १८:४२
NIMB
Nabil Bank

काठमाडौं । बैंक अफ काठमाण्डु (बीओके) र हिमालयन बैंकले चीनसँग करिब २ वर्षसम्म पछि चाइना रेल्वे कन्स्ट्रक्सनको मुद्धा जितेकका छन् । यी बैंकको मेलम्ची खानेपानी आयाोजनाको ठेक्का पाएको सो चिनियाँ कम्पनीसँग बैंक ग्यारेन्टी वापतको रकम डेढ अर्ब रुपैयाँ फसेको थियो । साे आयोजना बनाउने ठेक्का पाएको कन्स्ट्रक्सन कम्पनीले काम बिचैमा छाडेर हिँडेपछि ग्यारेन्टी बसेका बैंकहरुको रकम फसेको हाे ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको सो कम्पनीको लागि चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बीओकेलाई बैंक ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिएको थिएन ।

Citizen Life
Kumar Bank
Nepal Life

रकम भुक्तानीका हिमालयन रबीओके २ वर्षयता चिनियाँ अदालत धाइरहेका थिए । शुक्रबार चीनको सर्वोच्व अदालतले हिमालयन र बिओकेको पक्षमा फैसला गरेसँगै अब चाइना रेल्वेले बैंक ग्यारेन्टी वापतको १ अर्ब ७० करोड रुपैयाँ फिर्ता गर्नु पर्ने भएको हो । जसमध्ये १ अर्ब रुपैयाँ बीओकेको र ७० करोड रुपैयाँ हिमालयन बैंकको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्