Shikhar Insurance

प्रिओपान सेसनमा नेप्से २.६४ अंकले बढ्याे

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ११:०८
NIMB
Nabil Bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले सुधार भएको छ । बुधबार नेप्से परिसूचक २.६४ अंकले बढेर २,१९६.१३ को विन्दुमा पुगेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेनसेटिभ इण्डेक्स पनि ०.८६ अंकले बढेर ४२१.९९ को विन्दुमा पुगेको छ । सो सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो दिन प्रिओपन सेसनमा २० कम्पनीको ५ हजार ३ सय ६२ कित्ता सेयर २० लाख ९६ हजार रुपैयाँमा खरिदबिक्री भए ।

प्रिओपन सेसनमा ४ कम्पनीको सेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ । सिद्धार्थ बैंक, नारायणी डेभलपमेण्ट बैंक, न्यादी ग्रुप र यूनाइटेट हाइड्रोपावर कम्पनीको सेयर दुई/दुई प्रतिशतले बढेको हो । सो सेसनमा प्रुडेन्टियल इन्स्योरेन्सको सेयर २ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा कुमारी बैंकको सबैभन्दा धेरे सेयर खरिबिक्री भएको छ । कम्पनीको ५लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
समूहगत उपसूचकहरु ६ वटा बढेको छ भने, एउटा घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्