Shikhar Insurance

सुनको मूल्य ३ सयले घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य घटेको जनाएको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

सो दिन छापावल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि बजारमा तेजावी सुन पनि घटेको छ । सो दिन तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले कम हो । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १२ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य मात्र परिवर्तन भइरहेको छ । नेपालमा महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधामा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्