Shikhar Insurance

१६ वाणिज्य बैंकले कमाएर ४४ अर्ब बढी खुद, लगानीकर्तालाई लाभांश दिने क्षमता एभरेष्टको उच्च

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये हालसम्म १६ वटाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी बैंकहरुले गत आवको असार मसान्तसम्म कुल ४४ अर्ब ३५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१६ प्रतिशतले बढी हो । अघिल्लो आवमा यी १६ वाणिज्य बैंकहरुले कुल ३५ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आवको वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकहरुमा एभरेष्ट, एनआइसी एशिया, ग्लोबल आइएमई, सनराइज, सानिमा, प्रभु, सिटिजन्स, लक्ष्मी, एनसीसी, स्टयाण्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्राईम, कुमारी, हिमालयन र नेपाल एसबिआई बैंक हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

खुद नाफाको ग्रोथमा स्टयाण्डर्ड चार्टर्डको ग्रोथ अब्बल
गत आवको वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुको नाफाको ग्रोथलाई प्रतिशतमा हेर्दा अघिल्लो आवको खुद नाफामा नेपाल एसबिआइ बैंकले सबैभन्दा बढी वृद्धि गरेको छ । बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ७०.०४ प्रतिशतले वद्धि गर्दै गत आवमा १ अर्ब ६३ करोड रुपैयाँ कमाएको हो ।

यस्तै, नाफाको ग्रोथको दोस्रो नम्बरमा स्ट्याण्डर्ड चार्डर्ट बैैक रहेको छ । बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ६२.२७ प्रतिशतले वृद्धि गरी गत आवमा २ अर्ब २२ करोड रुपैयाँ कमाएको हो । नाफाको ग्रोथको तेस्रो नम्बरमा भने एनसीसी बैंक रहेको छ । बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ५१.९८ प्रतिशतले वृद्धि गरी गत आवमा २ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै, गत आवमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा भने ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आवमा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा २५ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, प्रभु बैंकले अघिल्लो आवको खुद नाफामा प्रभु बैंकले ५१.११ प्रतिशतले वृद्धि गरी २ अर्ब ६० करो्ड रुपैयाँ पुर्याएको छ । भने, सनराइज बैंकले अघिल्लो आवमा आर्जित खुद नाफा गत आवमा ४८. ६९ प्रतिशतले वृद्धि गरी २ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, अघिल्लो आवमा आर्जित खुद नाफामा कुमारी बैंकले ४३.८७ प्रतिशत, एभरेष्ट बैंकले ४३.७७ प्रतिशत, एनआइसी एशिया बैंकले ३८.८६ प्रतिशत, माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत, सिटिजन्स बैंकले २४.७६ प्रतिशत, इन्भेष्मेण्ट बैंकले १४.८३ प्रतिशत र लक्ष्मी बैंकले १.७६ प्रतिशतले वृद्धि गरेका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सानिमा बैंक र हिमालयन बैंकको खुद नाफा भने घटेको छ । अघिल्लो आवमा सानिमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा १.०७ प्रतिशतले घटेर गत आवमा बैंकको खुद नाफा २ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ । साथै, हिमालयन बैंकले अघिल्लो आवमा २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे थियो । गत आवमा यस्तो नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ ।

सेयरधनीलाई लाभांश वितरण क्षमतामा एभरेष्ट बैंक अब्बल
गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने १६ वाणिज्यले कुल २९ अर्ब ८२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा कुल २४ अर्ब ६८ करोड रुपैयाँ थियो ।

गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने १६ बैंैकहरुको मौज्दात चुक्तापुँजी र आर्जित वितरण योग्य नाफालाई गणना गर्दा गत आवको नाफाबाट सेयरधनीलाई २.५३ प्रतिशतदेखि ४१.१५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने सम्भावना छ । जसमा सबैभन्दा बढी सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । भने दोस्रोमा हिमालयन र तेस्रोमा एनआइसी एशिया बैंकको लाभांश क्षमता बढी रहेको छ ।

९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी भएको एभरेष्ट बैंकले गत आवको असार मसान्तसम्म ३ अर्ब ८९ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ४१.१५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यस्तै, हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड र वितरण योग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ । ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआइसीले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

यस्तै, ८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी भएको स्ट्याण्डर्ड चार्डर्ट बैंकले गत आवमा १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १८.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

नेपाल एसबिआई बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा आर्जित १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफाबाट सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । गत आवमा प्राक्ष्म बैंकले २ अर्ब ३४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकले गत आवमा ३ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १३.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

एनसीसी बैंकले गत आवमा १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३.२४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सानिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्दा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

गत आवको असार मसान्तसम्म माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १४ अर्ब १३ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यस्तै, १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैंकले गत आवमा १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११.१२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

लक्ष्मी बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

गत आवमा सिटिजन्स बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । साथै, १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको सनराइज बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्