Shikhar Insurance

अभियान लघुवित्तको आईपीओ आजबाट आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आजबाट आईपीओ जारी गरेको छ । कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओमा छिटोमा साउन २२ गते र ढीलोमा भदौ १ गते सम्म आवेदन दिन सकिने छ ।

कम्पनीले १२ हजार ५ सय कित्ता कर्मचारीका लागि, ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ता सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयरमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा ३ हजार कित्ता सम्म आवेदन दिन सक्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्