Shikhar Insurance

संस्थागत निक्षेपमा कढाई, २ प्रतिशत कम ब्याजदर दिन राष्ट्र बैंकको निर्देशन

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १३:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा कढाइ गर्दै बैंकहरुले दिने ब्याजदर घटाएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृति निर्देशन २०७८, मा संशोधन तथा परिमार्जन गर्दै संस्थागत निक्षेपमा व्यक्तिगतमा भन्दा २ प्रतिशत कम ब्याज दिनु पर्ने व्यवस्था गरेको हो ।

जारी निर्देशनमा भनिएको छ ‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म संस्थागत निक्षेपकर्ताहरुले साधारण निक्षेप भन्दा एक प्रतिशत कम ब्याजदर पाउँदै आएका थिए ।

कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ठूलो हुने र त्यसले ब्याजदरको अनावश्वक वृद्धि गरेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था अघि सारेको हो । यसले संस्थागत निक्षेपकर्ताहरुको आम्दानीमा संकुचन ल्याउनेछ । तर ब्याजदरको अनावश्यक वृद्धिलाई भने रोक्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्