Shikhar Insurance

सीमा नाघेका सेयर कर्जा ‘खराब कर्जा’मा वर्गीकरण, शतप्रतिशत प्रोभिजन गर्न राष्ट्र बैंकको निर्देशन

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा माथि सेयर धितोमा प्रवाहित कर्जालाई निष्कृय कर्जा अर्थात् खराब कर्जामा वर्गीकरण गर्दै शत प्रतिशत प्रोभिजन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन २०७८, मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै १२ करोड रुपैयाँभन्दा माथि सेयर धितोमा कर्जा प्रवाह गरेमा वा सो सीमाभन्दाको कर्जा नविकरण गरेमा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले गत आवको मौद्रिक नीतिमार्फत् गरिएको सेयर कर्जामा ४/१२ करोडको नीति संशोधन गरी १२ करोडको मात्रै सीमा लगाएको छ । तर, उक्त सीमाभन्दा माथि प्रवाहित कर्जा वा नविकरण भएका कर्जामा भने शत प्रतिशत कर्जा नोक्सानी राख्न जारी निर्देशनमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाः ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १२ करोड कायम गरिएको छ । मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई ४ वर्गमा वर्गीकरण गरी प्रोभिजनको व्यवस्था गरेको छ । जसमा असल कर्जा, कमसल कर्जा, शंकास्पद कर्जा र खराब कर्जा हुन् । असल कर्जामा बैंक तथा वित्तीय संस्थाले १.३ प्रतिशत, सुक्ष्म निगरानीको कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्