Shikhar Insurance

अभियान लघुवित्तको आईपीओमा खुलेकै दिन साढे ४ लाख बढीको आवेदन

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । अभियान लघुवित्तले आज (साउन १८ गते) देखि निष्काशन गरेको आईपीओमा करिब साढे ४ लाख जनाको आवेदन परिसकेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजे सम्म ४ लाख ३८ हजार २ सय ५५ जनालले आवेदन दिसकेको छ । यो निष्काशन गरेको कुल आईपीओको ५.२६ गुण बढी हो ।

कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले १२ हजार ५ सय कित्ता कर्मचारीको लागि, ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९ लाख ७ हजार ५० कित्ता सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीको आईपीओमा सर्वसाधारणले कम्तिमा १० र बढीमा ३ हजार कित्ता सम्म आवेदन दिन सक्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्