Shikhar Insurance

कृषि विकास बैंकले २ अर्ब बढी खुद नाफा कमाउँदा वितरणयोग्य नाफा करिब ४ अर्ब रुपैयाँ

लाभांश क्षमता २९.६३%
सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा कृषि विकास बैंकले २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो । अघिल्लो आवमा बै्रंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको ३ अर्ब ९० करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई २९.६३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले गत आवको असार मसान्तसम्म १ खर्ब ७७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६६ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ७ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.३० प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र नाफा घट्दा खुद ट्रेडिङ आम्दानी २६ करोड रुपैयाँ ऋणात्मक भएसँगै बैंकको खुद नाफा घटेको देखिन्छ । सो अवधिमा बैंकले ९ अर्ब १५ करोड रुपैयाँ कुल संचालन आम्दानी गरी बैंकले ४ अर्ब ११ करोड रुपैयाँ संचालन नाफा गरेको छ । अघिल्लो आवमा बैंकले कुल संचालन आम्दानी ९ अर्ब ८७ करोड रुपैयाँ र संचालन नाफा ५ अर्ब ३ करोड रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा, प्रतिसेयर कुल सम्पती १ हजार ८ सय २१ रुपैयाँ ५८ पैसा, प्रतिसेयर खुद मुल्य २ सय २१ रुपैयाँ २५ पैसा र तरलता अनुपात २५ रुपैयाँ ९६ पैसा रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत, सीडी रेसियो ८९.१७ प्रतिशत, बेसरेट ८.९० प्रतिशत र स्प्रेडरेट ४.३७ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्