Shikhar Insurance

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३७ करोड, लाभांश क्षमता १४.४२ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.४७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको ८१ करोड ५९ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १४.४२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले गत आवको असार मसान्तसम्म १ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.०८ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद संचालन आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.२१ प्रतिशत, सीडी रेसियो ८१.४० प्रतिशत, बेसरेट १०.९६ प्रतिशत र स्प्रेडरेट ४.५१ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्