Shikhar Insurance

नेपाली रुपैयाँ कमजोर बन्दै, कति छ अमेरिकी डलरको मूल्य?

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२६ रुपैयाँ ९६ पैसा तोकेको छ । अब एक अमेरिकी डलर साट्नको लागि १२६ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्छ । अमेरिकी डलर मूल्य अघिल्लो दिनको तुलनामा ७१ पैसाले बढेको हो । अघिल्लो दिन अमेरिकी डलर १२६ रुपैयाँ २५ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले बिहिबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्रा सटाहि गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ । पछिल्लो केही समय यता अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर बन्न पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली रुपैयाँ कमजोर हुनुमा भारतीय रुपैयाँ कमजोर भएर हो । डलरको तुलनामा भारतीया रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पर्ने गर्छ । बिहिबार भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दर स्थिर छ ।

विदेशी मुद्राको विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्