शुभ लक्ष्मी कोषको लागि आजबाट आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १२:१८

काठमाडौं । लक्ष्मी क्यापिटलले आज (साउन १९ गते) देखि म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशनमा ल्याएको हो ।

सो फण्डमा छिटोमा साउन २३ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिन्छ । लगानिकर्ताले कम्तिमा १०० इकाईका लागि र बढीमा ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । सो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

क्यापिटलले सो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँको दरले ५ करोड इकाईमध्ये ७५ लाख अर्थात १५ प्रतिशत इकाई कोष प्रबन्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गरेको हो । सो इकाई मध्ये पहिलाे चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्