Shikhar Insurance

गल्फ लुब्रिकेन्टको डिलर मिट, आक्रामक बजार विस्तार गर्ने योजना

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १२:३७
NIMB
Nabil Bank

काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ । नेपालमा ३८ वर्षदेखि उपलब्ध विश्व प्रख्यात र सार्वाधिक बिक्री हुने गल्फ ब्रान्डले ‘च्यालेञ्ज लाइट्स सक्सस’ नारासहित डिलर मिट आयोजना गरेको हो । दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिवद्ध गराउनु थियो । कार्यक्रममा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र इन्नोभेशनको कारण हामी नेपालकै सर्वाधिक बिक्रि हुने ब्रान्ड भैराखेका छौ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्