Shikhar Insurance

३८.६१ अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । बिहिबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबारकोे तुलनामा नेप्से परिसूचक ३८.६१ अंकले घटेर २,१४८.१६ को विन्दुमा पुगेको हो ।

त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.२५ अंकले घटेर ४१२.२५ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २१५ कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । परिसूचक दोहोरो अंकको गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा २६ करोड १८ लाख रुपैयाँ कम कारोबार भएको हो । अघिल्लो दिन ४ अर्ब २ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको २५ करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै हिमालयन डिस्टिलरीको १३ करोड १७ लाख ४० हजार, अपि पावर कम्पनीको १२ करोड ७९ लाख ३२ हजार, यूनिभर्सल पावर कम्पनीको ७ करोड ८० लाख ९७ हजार र गोर्खाज फाइनान्सको ७ करोड ५२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिबिक्री भएको छ ।

बलेफी हाइड्रो पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । समलिङ्गी पावरको ५.३९ प्रतिशत र रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको छ । अन्य कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा कम बढेको छ । सो दिन यूनाइटेड हाइड्रो पावर कम्पनीको सेयरधनीहरुले ९.५२ प्रतिशतले गुमाएको छ ।

कारोबारमा आएको १९ कम्पनीको सेयर मूल्य बढेको छ । भने, १६१ कम्पनीको सेयर मूल्य घटेको छ । समूहगत उपसूचकहरु सबै राताम्य भएको छ । सो दिन सबैभन्दा बढी व्यपार समूह ओरालो लागेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्