Shikhar Insurance

बुक बिल्डिङमा अब नया दुर्घटना हुँदैन,ठुला कम्पनीको आइपिओ बुक बिल्डिङबाटै आउछ´

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्रका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ प्रविधिमा नया दुर्घटना नघटाउने प्रतिबद्धता गरेका छन् । उनले बिहिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता गरेका हुन् ।

कार्यक्रममा बोर्ड अध्यक्ष हमालले दुई वर्ष अघि नै कार्यान्वयनमा ल्याएको सेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने बताए ।
‘बुक बिल्डङमा हिजोको दिनको दुर्घटना घट्दैन, यो बिषयमा बोर्ड सचेत छ, प्रणाली स्वच्छ र पारदर्शी रुपमा ल्याउने, थप दुर्घटना नघटाउने काम गर्न हामी काम गर्छौ,` बोर्ड अध्यक्ष हमालले भने, ´अघिल्लो दुर्घटनाले पुनः उठेर काम अघि बढाउन धेरै समस्या भयो, फेरि त्यस्तै दुर्घटना भयो भने तेस्रो अट्याकले हामीलाई उठ्नै नसक्ने गरिको समस्या हुन्छ । समस्या नआउने गरि आगामी दिनमा बढ्नेछौं । केही समयमै ठुला कम्पनीहरुमा सर्वसाधारणको हिस्सा हुने गरि बुक बिल्डिङबाट आइपिओ आउँछ ।´

Citizen Life
Kumar Bank
Nepal Life

बोर्डको पारदर्शीतामा मिडियाकर्मी साथीहरूको साथ र सपोर्ट पनि चाहिने उनको भनाइ छ ।

‘सरकारको नीति बजेटले नै व्यवस्था गरेको रियल सेक्टरलाई पुँजी बजारमा ल्याउन लगानीलाई वर्गीकरण गरेको छ । त्यो हाम्रै इनोभेसन हो, यसै आर्थिक वर्ष भित्र हुन्छ’ उनले भने ।
कार्यक्रममा अध्यक्ष हमालले २ महिना भित्रै अडिट गर्न नसक्ने साना मझौला तथा लघु  उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत  छुट्टै वर्गीकरण गरि पुँजी बजारमा भित्र्याउने बोर्डको नीति रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्