Shikhar Insurance

नेपालमा थप ७६० मा सङ्क्रमण पुष्टि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १८:३४
NIMB
Nabil Bank

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार ९ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा ९ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा १ लाख ४३ हजार ७ सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७१ हजार २५० पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ । त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय दुई पुगेको छ । होम आइसोलेशनमा ५ हजार ४ सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२ र सघन उपचार कक्ष (आइसियु) मा ४४ जनाको उपचार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्