Shikhar Insurance

१४ वाणिज्य बैंकले टेरेनन राष्ट्र बैंकको निर्देशन, परे यस्तो कारवाहीमा

अधिकांशले ब्याजदर नीति उल्लंघन गरे
सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ०७:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंककाे निर्देशन उल्लंघन गर्दै कारोबार गर्ने एक दर्जन बढी वाणिज्य कारवाहीमा परेका छन् । गत आर्थिक वर्षमा १४ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले नियामकिय डण्डा चलाएको हो ।

राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षण विभागले गरेको गैर स्थलगत निरिक्षणको क्रममा निर्देशन विपरित कारोबार गरेकाे पुष्टी भएका बैंकहरु कारवाहीमा परेका हुन् । जसमा गत आवको दोस्रो त्रैमासमा १२ वटा वाणिज्य बैंक र चौथो त्रैमासमा २ वटा गरी राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो । एक वर्षको अवधिमा राष्ट्र बैंकले १४ वणिज्य बैंकले तोकिएको निर्देशन उल्लघंन गरेवापत जरिवाना स्वरुप करिब ३ लाख रुपैयाँ जरिवाना असुलेको छ । गत वर्ष राष्ट्र बैंकको कारवाहीमा एनसीसी बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंक २ पटक  परेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको पहिलो र त्रेस्रो त्रैमासमा भने कुनै पनि वाणिज्य बैंक कारवाहीमा नपरेको केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले जानकारी दिएको छ ।

कारवाहीमा पर्ने बैंकहरु, अधिकांश ब्याजदर नीति उल्लघंनमा
गत आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको कारवाहीमा पर्नेमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । साथै सो अवधिमा एनसीसी बैंक, सिटिजन्स बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक गत आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको कारवाहीमा परेका हुन् ।

सो त्रैमासमा प्रभु बैंकले तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिरेको थियो ।

नेपाल बैंकले ३ महिना नपुग्दै संस्थागत मुद्धती निक्षेपको ब्याजदर परिवर्तन गरेको थियो । जस वापत राष्ट्र बैंकले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई सचेत गराएको थियो । साथै, गत आवको दोस्रो त्रैमासमा नेपाल बैंकले एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको बैंक खाता रोक्का राख्न राष्ट्र बैंकले निर्देशन दिँदा समेत पालना नगर्दा बैंकको सीइओ अधिकारीले स्पष्टिकरण पेश गर्नु परेको थियो ।

यसैगरी, सो अवधिमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक र नेपाल एसबिआइ बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, मेगा बैंक र सेञ्चुरी बैंकले संस्थागत मुद्धती निक्षेपको ब्याजदर ३ महिना नपुग्दै परिवर्तन गरेपछि सम्बन्धित सबै बैंकका सीइओहरुलाई राष्ट्र बैंकले पत्रमार्फत् अन्तिम माैका भन्दै सचेत गराएको थियो ।

गत आवको दोस्रो त्रैमासमा स्टयाण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकले साधारण बचत र मुद्धती निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशत कायम नगर्दा यी बैंकका सीईओहरुलाई आइन्दा यस्तो गल्ती नदोहोर्याउन भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो ।

गत आवको चौथो त्रैमासमा पुनः एनसीसी बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंक कारवाहीमा परेका थिए । दोस्रो त्रैमासमा ब्याजदर नीति उल्लघंन गर्दाको कारवाहीमा परेका यी बैंकहरु चौथो त्रैमासमा भने तोकिएको अनिवार्य नगद मौज्दात र बैधानिक तरलता अनुपात कायम नगर्दा कारवाहीमा परेका हुन् ।

यी बैंकहरुलाई राष्ट्र बैंकले जरिवाना तिराएको थियो । जसमा एसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा र स्टयाण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा जरिवाना तिराएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्