Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड, खराब कर्जा १.०७ प्रतिशतले घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ०६:४६
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा ३७.३८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड रुपैयाँ छ । हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २०.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको असार मसान्तसम्म बैंकले २ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ९ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७.२९ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकको संचालन नाफा समेत ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेर मुल्य ३४ रुपैयाँ ९७ पैसा, कस्ट अफ फण्ड ६.०१, खराब कर्जा अनुपात २ प्रतिशत, बेसरेट ७.३६ प्रतिशत, सीडी रे्सियो ८५.८९ प्रतिशत र स्प्रेडदर ४.२९ प्रशितत रहेको छ । सो अवधिमा बैंकले खराब कर्जा अनुपात १.०७ प्रतिशतले घटाएको हो । अघिल्लो आवमा बैंकको खराब कर्जा अनुपात ३.०७ प्रतिशत थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्