Shikhar Insurance

‘अर्बपति क्लब’मा गरिमा विकास बैंकः खुद नाफा १ अर्ब बढी,लाभांश क्षमता १६.३०%

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ०७:१४
NIMB
Nabil Bank

काठमाडौं । गरिमा विकास बैंक अर्ब नाफा कमाउने बैंकहरुको सुचीमा प्रवेश गरेको छ । अघिल्लो आर्थिक वर्षमा कमाएको खुद नाफामा २६.३५ प्रतिशतले थप गर्दै गत आवमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवमा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले ७५ करोड २ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल ४ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको असार मसान्तसम्म बैंक ६८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले २ अर्ब ६१ करोड रुप्ोयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.५९ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर मुल्य २घ रुपैयाँ ०७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ५७ पैसा, खराब कर्जा अनुपात ०.८५ प्रतिशत, बेसरेट ११.४१ प्रतिशत, सीडी रेसियो ८५.३१ प्रतिशत र स्प्रेडरेट ४.६६ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्