Shikhar Insurance

अमेरिकी डलर अझै बलियो बन्दै

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२७ रुपैयाँ ४५ पैसा तोकेको छ । भने खरिद दर १२६ रुपैयाँ ८५ पैसा तोकेको छ । अमेरिकी डलर मूल्य अघिल्लो दिनको तुलनामा ४९ पैसाले बढेको हो । अघिल्लो दिन अमेरिकी डलर १२६ रुपैयाँ ९६ पैसा थियो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्रा सटाहि गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ । पछिल्लो केही समय यता अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर बन्न पुगेको छ ।

नेपाली रुपैयाँ कमजोर हुनुमा भारतीय रुपैयाँ कमजोर भएर हो । डलरको तुलनामा भारतीया रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पर्ने गर्छ । शुक्रबार भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दर स्थिर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै यूरोको विनिमय दर १२९ रुपैयाँ ८७ पैसा छ। यूके पाउन्ड इस्ट्रलीङको विनिमय दर १५५ रुपैयाँ २४ पैसा छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्