Shikhar Insurance

नेपाल बैंकको खुद नाफा ३ अर्ब २६ करोड, लाभांश क्षमता १०.७४ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार ०९:५०
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १०.२९ प्रतिशत बढी हो । अघिल्लो आवका बैंकले २ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । हाल १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट बैंकले लगानीकर्ता १०.७४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ९६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ६ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले ४ अर्ब ११ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१५ प्रतिशतले घटेर १.९ प्रतिशत कायम भएको छ । साथै, बेसरेट ७.९९ प्रतिशत, सीडी रेसियो ८७.५७ प्रतिशत र स्प्रेडरेट ४.०८ प्रतिशत कायम छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ४८ रुपैयाँ ४२ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्