Shikhar Insurance

वाणिज्य बैंकहरुले कमाए ७४ अर्ब ४७ करोड, नाफाको ग्रोथमा सिभिल बैंकको छलाङ्ग

सेञ्चुरी र एसबिआई पछिपछि हुँदा कुन बैंकको कति?
सिंहदरबार संवाददाता
२०७९ श्रावण २१, शनिबार १४:२७
NIMB
Nabil Bank

काठमाडौं । सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासकको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो अवधिमा वाणिज्य बैंकहरुले ७४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आव सोही अवधिको भन्दा २३.२७ प्रतिशत अर्थात् १४ अर्ब ५ करोड रुपैयाँ बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा २७ वाणिज्य बैंकले ६० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत असार अन्तिम साता नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेसँगै हाल वाणिज्य बैंकहरुको संख्या २६ वटा कायम भएको छ । अहिले ६ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रकृयामा छन् । गत आवमा नाफाको ग्रोथमा पनि मर्जर भएर अर्को बैंकमा मिसिन जान तयार रहेका बैंकहरु नै अगाडि छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकहरुद्वारा अघिल्लो आवमा आर्जित खुद नाफाभन्दा गत आवको खुद नाफाको वृद्धिलाई प्रतिशतमा गणना गरी तुलना गर्दा सबैभन्दा अगाडि सिभिल बैंक छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफामा १६२.३६ प्रतिशतले ग्रोथ गरेको हो ।

यस्तै, खुद नाफाको ग्रोथको दोस्रो नम्बर सुचीमा सेञ्चुरी बैंक रहेको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा ११५.६७ प्रतिशत बढी १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यी दुवै बैंक मर्जर तथा प्राप्तिको प्रकियामा छन् । सेञ्चुरी बैंकले गत साउन १५ गते प्रभु बैंकमा १ः१ सेयर स्वाप अनुपातमा प्राप्ति हुने सम्झौता गरिसकेको छ भने सिभिल बैंकले पनि हिमालयन बैंकमा गत असार २१ गते १००ः८१ स्वाप रेसियोमा प्राप्ति हुने सम्झौता गरेको हो । अस्थित्व अरुमा विलय गर्न लागेका यी बैंकहरुले ‘लस्ट आवर’ मा नाफाको ग्रोथमा छलाङ्ग मारेका हुन् ।

सिभिल बैंकले अघिल्लो आवको भन्दा १६२.३६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ  भने सेञ्चुरी बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ११५.६७ प्रतिशतले वृद्धि गरी गत आवमा १ अर्ब ३५ करोड रुपैयाँ कमाएको हो ।

कुन बैंकको खुद नाफाको ग्रोथ कति ?
अघिल्लो आवमा आर्जित खुद नाफामा गत आवमा अब्बल ग्रोथ गराउनेको तेस्रो नम्बर नेपाल एसबिआइ बैंक रहेको छ । बैंकले अघिल्लो आवको तुलनामा ७०.०४ प्रतिशतले वृद्धि गरी गत आवमा १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

स्टयाण्डर्ड चार्टर्ड बैंकले अघिल्लो आवको तुलनामा ६२.२७ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ ।

एनसीसी बैंकले अघिल्लो आवको तुलनामा ५१.९८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।

प्रभु बैंकले अघिल्लो आवको तुलनामा ५१.११ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

एभरेष्ट बैंकले अघिल्लो आवको तुलनामा ४३.७७ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

एनआइसी एशिया बैंकले अघिल्लो आवको तुलनामा ३८.८६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ३७.३८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ५ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ ।

एनएमबि बैंकले अघिल्लो आवको तुलनामा ३२.५३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेको छ ।

माछापुच्छ्रे बैंकले अघिल्लो आवको तुलनामा ३६.५३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ ।

ग्लोबल आइएमई बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।

सिटिजन्स बैंकले अघिल्लो आवको तुलनामा २४.७६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ ।

मेगा बैंकले अघिल्लो आवको तुलनामा २१.७८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा २ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले अघिल्लो आवको तुलनामा १४.८३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ४ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ ।

सिद्धार्थ बैंकले अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ ।

प्राइम कमर्सियल बैंकले अघिल्लो आवको तुलनामा १२.६३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ ।

नेपाल बैंकले अघिल्लो आवको तुलनामा १०.२९ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ३ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ ।

नबिल बैंकले अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा ४ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंक अफ काठमाण्डूले अघिल्लो आवको तुलनामा ४.८६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा १ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ ।

लक्ष्मी बैंकले अघिल्लो आवको तुलनामा १.७६ प्रतिशतले खुद नाफामा वृद्धि गरी गत आवमा १ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

खुद नाफामा नेगेटिभ ग्रोथ हुने बैंकहरु
सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा गत आवमाा ३ वटाको खुद नाफाको ग्रोथ नेगेटिभ छ । जसमा सानिमा बैंक, हिमालयन बैंक र कृषि विकास बैंक हुन् ।

कृषि विकास बैंकको खुद नाफा अघिल्लो आवको भन्दा २६.१६ प्रतिशतले घटेर गत आवमाा २ अर्ब ३६ करोड रुपैयाँमा सिमित भएको छ ।

हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशतले घटेर गत आवमा २ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ ।

सानिमा बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ प्रतिशतमा सिमित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्