Shikhar Insurance

बैंकहरुको प्रतिफल क्षमता साढे ४३ रुपैयाँले बढ्यो, १६ बैंकको इपीएस बढ्दा १० वटाको घट्यो

इपीइस बढाउनेमा सिभिल, सेञ्चुरी र एसबिआई अब्बल
सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार ०७:००
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुको कुल प्रतिसेयर आम्दानी (इपीएस) साढे ४३ रुपैयाँले बढेको छ । अघिल्लो आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल इपीएस ५ सय ३ रुपैयाँ ७४ पैसा कायम थियो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कुल इपीएस ४३ रुपैयाँ ४९ पैसाले बढेर ५ सय ४७ रुपैयाँ २३ पैसा कायम भएको हो । जुन अघिल्लो आवको भन्दा ८.६३ प्रतिशतले वृद्धि भएको हो ।

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो लगानीकर्ताका लागि दिइने प्रतिफलको आधार हो । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुको औषत इपीइस भने २१ रुपैयाँ ०५ पैसा कायम छ । अघिल्लो आवमा वाणिज्य बैंकहरुको औषत इपीइएस १९ रुपैयाँ ३७ पैसा कायम थियो । अघिल्लो वर्षमा कायम इपीएस गत आवमा आइपुग्दा २ वटा वाणिज्य बैंकको भने शतप्रतिशत बढीले वृद्धि भएको छ । जसमा सिभिल बैंकको १४९.७५ प्रतिशतले वृद्धि भएर १५ रुपैयाँ २६ पैसा कायम छ । भने, सेञ्चुरी कमर्सियल बैंकको इपीएस १०३.८७ प्रतिशतले वृद्धि भएर गत आवमा १४ रुपैयाँ २१ पैसा कायम भएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा ९ वटा वाणिज्य बैंकको इपीएस २० प्रतिशतमाथि र ३ वटा वाणिज्य बैंकको १० प्रतिशत कम इपीइसमा वृद्धि हुँदा १० वटा बैंकको भने इपीएस ग्रोथ नेगेटिभ छ । एक वर्षको अवधिमा १० वटा वाणिज्य बैंकको इपीएस १.२७ प्रतिशतदेखि ३८.४५ प्रतिशतसम्मले घटेको हो ।

इपीएस बढाउने बैंकहरुः
अघिल्लो आवको तुलनामा १६ वटा वाणिज्य बैंकले प्रतिसेयर आम्दानी गत आवमा बढेको छ । जसमा सबैभन्दा बढी सिभिल बैंकको र सबैभन्दा कम नेपाल इन्भेष्टमेण्ट बैंकको इपीएस बढेको छ । सिभिल बैंकको इपीएस १४९.७५ प्रतिशतले बढ्दा नेपाल इन्भेष्टमेण्ट बैंकको इपीइस ४.६९ प्रतिशतल बढेको हो ।

यस्तै, इपीएस बढाउनेको तेस्रो नम्बरमा नेपाल एसबिआई बैंक छ । बैंकले गत आवमा ६४.२४ प्रतिशतले इपीएस बढाएर १४ रुपैयाँ २१ पैसा कायम गरेको हो । सो अवधिमा इपीएसमा स्टयाण्डर्ड चार्टर्ड बैंकले ४७.४९ प्रतिशतले वृद्धि गरी २४ रुपैयाँ ०७ पैसा, एनसीसी बैंकले ४७.४९ प्रतिशतले वृद्धि गरी १८ रुपैयाँ १५ पैसा, सनराइज बैंकले ३९.४१ प्रतिशतले वृद्धि गरी २१ रुपैयाँ २६ पैसा, एनआइसी एशिया बैंकले ३८.८६ प्रतिशतले वृद्धि गरी ३९ रुपैयाँ १३ पैसा र कुमारी बैंकले ३५.६७ प्रतिशतले वृद्धि गरी १९ रुपैयाँ २७ पैसा कायम गरेको छ ।

यसैगरी, अघिल्लो आवको तुलनामा एभरेष्ट बैंकले ३५.६७ प्रतिशतले वृद्धि गरी २६ रुपैयाँ ८९ पैसा, प्रभु बैंकले ३४.८७ प्रतिशतले वृद्धि गरी २० रुपैयाँ ४६ पैसा, एनएमबि बैंकले २१.३१ प्रतिशतले वृद्धि गरी २० रुपैयाँ १५ पैसा, माछापुच्छ्रे बैंकले १८.६४ प्रतिशतले वृद्धि गरी २१ रुपैयाँ ०७ पैसा, ग्लोबल आइएमई बैंकले १३.६६ प्रतिशतले वृद्धि गरी २१ रुपैयाँ ८८ पैसा, मेगा बैंकले १०.७१ प्रतिशतले वृद्धि गरी १७ रुपैयाँ ५७ पैसा र सिटिजन्स बैंकले ४.६९ प्रतिशतले वृद्धि गरी १५ रुपैयाँ ५७ पैसा इपीएस गत आवमा कायम गरेका छन् ।

(नोटः कृपया तथ्यांकमा क्लिक गर्नु होला)

इपीएस घट्ने बैंकहरुः सरकारी बैंक सबको घट्यो
अघिल्लो आवको तुलनामा गत आवमा १० वटा बैंकको इपीएस घटेको छ । जसमा सबैभन्दा बढी कृषि विकास बैंकको र सबैभन्दा कमले सिद्धार्थ बैंकको इपीएस घटेको हो । सो अवधिमा सरकारी स्वामित्व भएका ३ वटै वाणिज्य बैंककाो इपीएस घटेको छ ।

गत आवमा कृषि विकास बैंकको ३८.४५ प्रतिशतले घटेर १७ रुपैयाँ ९३ पैसा, नबिल बैंकको ३३.३९ प्रतिशतले घटेर २१ रुपैयाँ ७८ पैसा, हिमालयन बैंकको ३१.८१ पैसाले घटेर १९ रुपैयाँ १४ पैसा, राष्ट्रिय वाणिज्य बैंकको ६.३६ प्रतिशतले घटेर ३४ रुपैयाँ ९० पैसा र लक्ष्मी बैंकको ५.७७ प्रतिशतले घटेर १३ रुपैयाँ ८८ पैसा इपीएस कायम भएको छ ।

साथै, अघिल्लो आवको तुलनामा गत आवमा बैंक अफ काठमाण्डूको ४.७० प्रतिशतले घटेर १७ रुपैयाँ ०४ पैसा, नेपाल बैंकको ३.२४ पैसाले घटेर २२ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २.९० प्रतिशतले घटेर १९ रुपैयाँ ७३ पैसा र सिद्धार्थ बैंकको १.२७ प्रतिशतले घटेर २५.७१ प्रतिशत इपीएस कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्