१० अर्ब चुक्ता पुँजी राखेर ६ महिनाभित्रै नयाँ स्टक एक्सचेञ्ज आउनुपर्छ

बजारमा पुँजी बजारका औजारहरु धेरै छन् । तर, अहिलेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीको मात्र कारोबार गर्छ । त्यो बाहेक सरकारको, राष्ट्र बैंकको कर्पोरेट डिबेञ्चरको काम नेप्सेको पहुँचमा अझै छैन । यो सबै विषयलाई समेटेर पुँजी बजारको विकास र विस्तार गर्नको लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ । भोलीको दिनमा नेपाल विकास विस्तार गर्ने क्रममा पुर्वाधार डिबेञ्चर हरेक प्रदेशदेखि स्थानीय निकायसम्मले जारी गर्न सक्छन् । संबिधानले नै प्रदेश र स्थानीय तहहरुलाई ऋणपत्र जारी गर्न सक्ने अधिकार दिएको छ । त्यसका लागि पनि पुर्वाधार र प्लेटमफर्म दिनु पर्ने हुन्छ । यो विषय नयाँ प्रोडक्टको लागि हो । हाल भइरहेकै प्रोडक्टहरु जस्तैः फाइनान्सियल डेरिभेटिभ बनाउने विषय आइरहेको छ । यसलाई पनि नयाँ स्टक एक्सचेञ्जले दिन सक्छ । अहिलेको पुँजी बजार पुर्ण रुपमा मुद्रा बजारमा निर्भर छ । मुद्रा बजार भनेको नेपाल राष्ट्र बैंकको नियमनमा रहेका बैंक तथा वित्तीय संस्थाहरु हुन् । मुद्रा बजारको व्यवस्थापन राष्ट्र बैंकले नै गर्ने हुँदा पुँजी बजार र बैंक तथा वित्तीय क्षेत्रको आपसमा पारस्परिकता बढेर समस्या सिर्जना भएको छ । पुँजी बजार मुद्रा बजारसँग मात्रै निर्भर रहनु हुँदैन । यदी पुँजी बजारको विकास र विस्तार आवश्यक हो र सोही अनुसार काम गर्ने हो भने, बजारमा तरलता प्रोभाइडर मुद्रा बजारलाई नभएर पुँजी बजारमा ल्याण्डिङ र बरोइङ संस्थाहरु छुटै … Continue reading १० अर्ब चुक्ता पुँजी राखेर ६ महिनाभित्रै नयाँ स्टक एक्सचेञ्ज आउनुपर्छ