Shikhar Insurance

आइएमई जनरल इन्स्योरेन्सको सिइओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

सिंहदरबार संवाददाता
२०७९ श्रावण २३, सोमबार १७:४४
NIMB
Nabil Bank

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा युगेशभक्त बादे श्रेष्ठ पसन नियुक्त भएका छन् । उनलाई कम्पनीको असार ७ गते बसेको १२०औं संचालक समितिको बैठकले साउन २३ गतेदेखि लागु हुने दोस्रो कार्यकालको लागि नियुक्त गरेको हो ।

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको सिइओ बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्