Shikhar Insurance

राष्ट्र बैंकको निर्देशनको उल्लघंन गर्दै एनआइसी एशिया, कल एकाउण्ट मै बचतको ब्याज दिँदै

नियामक कारवाहीको तयारीमा
दिलु कार्की
२०७९ श्रावण २४, मंगलवार १४:५९
NIMB
Nabil Bank

काठमाडौं । एनआइसी एशिया बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै कारोबार गर्न थालेको छ । केन्द्रीय बैंकले तोकेको ब्याजदर नीति उल्लंघन गर्दै बैंकले कल निक्षेपमा साधारण बचत सो सरह ब्याज दिन थालेको हो ।

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्धती, संस्थागत मुद्धती, साधारण बचत, चल्ती र कल निक्षेप खाता सञ्चालन गर्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत कम संस्थागत निक्षेपको ब्याज निर्धारण गर्नु पर्ने व्यवस्था गरेको छ । तर, राष्ट्र बैंकले गत सातादेखि यस्तो खाताको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत हुनु पर्ने व्यवस्था गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ब्याजदर अर्थात् व्यक्तिगत मुद्धतीमा ५ प्रतिशतको अन्तर राखेर सोभन्दा कम ब्याज साधारण बचतमा निर्धारण गर्न सक्नेछन् भने साधारण बचतको ५० प्रतिशत कम कल निक्षेपमा ब्याज दिन पाउँछन् । तर, चल्ती खातामा भने ब्याज दिने पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साधारण बचतमा संस्थागतले निक्षेप जम्मा गर्न पाँदैनन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले न्युनतम ३ महिनासम्म जम्मा गरिने निक्षेपलाई मात्रै मुद्धती खातामा दिइने ब्याज दिन पाउँछन् । अन्यथा साधारण बचत, कल निक्षेप वा चल्ती खातामा निक्षेप राखी सोही अनुसार ब्याज दिनु पर्ने राष्ट्र बैंकको प्रावधान हो । थोरै ब्याजदरको कल खातामा जुन समयमा पनि पैसा राख्न झिक्न पाउने व्यवस्था छ तर मुद्धती खातामा भने न्युनतम ३ महिना पैसा जम्मा गर्नु पर्छ ।

साधारण बचतमा संस्थागतले निक्षेपकर्ताले पैसा जम्मा गर्न नपाउने र मुद्धती खातामा जम्मा पैसा ३ महिनासम्म झिक्न नपाउने भएपछि एनआइसी एशिया बैंकले राष्ट्र बैंकलाई नै झेल गर्दै दिइएको निर्देशन उल्लंघन गरेको हो ।

बैंकले भने संस्थागत निक्षेपलाई आर्कषित गर्दै ‘स्वाप इन/स्वाप आउट’ योजना ल्याएर निक्षेप संकलन गर्न थालेको हो । सो योजनामा संस्थात मुद्धतीमा जम्मा निक्षेप ३ महिना अगावै झिक्न पाउने व्यवस्था बैंकले गरेको छ । जसका लागि बैंकले ४ प्रतिशत ‘चार्ज’ लिइरहेको छ ।

बैंकले साधारण बचतमा ६.०३ प्रतिशत र संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत ब्याज दिएको थियो । गत साउन १८ गतेयता संस्थात मुद्धतीमा बैंकले ९.०३ प्रतिशत ब्याज निर्धारण गरेको छ । साधारण बचतको भन्दा ५० प्रतिशत ब्याजदर कल कल निक्षेपमा दिनुपर्ने राष्ट्र बैंकको प्रावधान अनुसार बैंकले कल निक्षेपमा ३.०३ प्रतिशत ब्याज दिन पाउँछ ।

साउन १८ अघिसम्म बैंकको ब्याजदर अनुसार बैंकले संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत संस्थागत निक्षेपमा ब्याज दिइरहेको थियो । जुन ब्याजदरमै बैंकले कल निक्षेपमा राख्नु पर्ने पैसा संस्थागतमा राखी पैसा जम्मा गरेको भोलीपल्टै वा ३ महिना अगावै ४ प्रतिशत चार्ज लिएर पैसा निक्षेपकर्तालाई फिर्ता दिएको हो । यसले गर्दा सो योजनामा जम्मा भएको निक्षेपलाई समय अगावै झिक्दा ग्राहकले ४ प्रतिशत चार्ज तिरेरपनि ६.०३ प्रतिशत ब्याज पाउँछन् ।

यसले गर्दा कल निक्षेपकर्ताहरुले बैंकमा संस्थागत मुद्धतीमा पैसा जम्मा गरि कल निक्षेपमा पाइने भन्दा डबल ब्याज पाइरहेका छन् । बैंकले यस्तो योजना नल्याएको भए सो निक्षेपलाई कल खातामै राखी ३.०३ प्रतिशत ब्याज बुझ्नु पर्ने बाध्यता संस्थागत निक्षेपकर्ताको थियो ।

राष्ट्र बैंक कारवाहीको तयारीमा
दिइएको निर्देशन विपरित गएर कारोबार गर्ने एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले कारवाही गर्ने भएको छ । एनआइसी एशियाले ब्याजदरमा गरेको झेल सम्बन्धि निरिक्षण टोली पठाएर छानविन गरिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘एनआइसी एशियाले कल निक्षेप र संस्थागत निक्षेपमा जे गरेको हो भन्ने सुचना आयो, त्यस विषयमा सम्बन्धित सुपरिवेक्षण विभागले निरिक्षण गर्छ,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘निर्देशनभन्दा बाहिर गएर काम गरेका पुष्टी भएमा रोक्न निर्देशन दिनुका साथै ऐन अनुसारको कारवाही हुन्छ ।’

विद्यमान ब्यवस्था अनुसार कल निक्षेपलाई कल मै र मुद्धतीलाई ३ महिनासम्म झिक्न नपाउने गरी फिक्स्ड गर्नु पर्ने उनले बताए ।

बैंकको ‘स्वाप इन/स्वाप आउट’ योजना
बैंकले संस्थागत निक्षेपकर्तालाई दिने प्रोडक्ट अफरमा उल्लेख गरेअनुसार ‘स्वाप इन/स्वाप आउट’ योजना ग्राहकलाई उच्च ब्याज दिनको लागि ल्याइएको हो । जसमा कल खाताको निक्षेपले पनि मुद्धती कै ब्याज पाउने उल्लेख छ । यसका लागि २ करोड रुपैयाँभन्दा बढी कल खाताको निक्षेपबाट आधा निक्षेप ३ महिने संस्थागत मुद्धतीमा ट्रान्सफर गरिन्छ । जसको ब्याजदर १०.०३ प्रतिशत हुनेछ ।

यस योजनामा बैंकले कल निक्षेपलाई मुद्धती निक्षेपमा ट्रान्सफर गरिने समय र परिमाणहरुको सीमा लगाइ ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्धती खाताको पैसा ३ महिना पछि परिपक्क भएरमात्रै तोकिकएको ब्याज दिएर ग्राहकलाई फिर्ता दिन पाइने भएपनि बैंकले सो नगरी ४ प्रतिशत चार्ज लिएर दिने योजना ल्याएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठ मसान्तसम्म बैंकले कुल २ खर्ब ९३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसमा चल्ती खातामा ४० अर्ब ९३ करोड रुपैयाँ, साधारण बचतमा ७५ अर्ब ५१ करोड रुपैयाँ, मुद्धती खातामा १ खर्ब ६५ अर्ब ९६ करोड, कल निक्षेपमा ११ अर्ब १० करोड रुपैयाँ र अन्य खातामा ३१ करोड रुपैयाँ निक्षेप मौज्दात थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्