Shikhar Insurance

राष्ट्र बैंकको निर्देशनले एनआइसी एशियाले बन्द गर्याे कल एकाउण्ट मै बचतको ब्याज दिने योजना

सिंहदरबार समाचार प्रभावः स्ट्रक्चर कल‘स्वाप इन/स्पाव आउट’ खाता खारेज
सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । एनआइसी एशिया बैंक स्ट्रक्चर कल ‘स्वाप इन/स्वाप आउट’ खाता योजना बन्द गरेको छ । बैंकले गत महिनादेखि कल एकाउण्ट मै साधारण बचतको ब्याज दिँदै आएको थियो । जुन नेपाल राष्ट्र बैंकको निर्देशन विपरित हो । दिइएको निर्देशनको ‘लुप होल’ खोज्दै कारोबार गर्ने एनआइसी एशिया बैंकको सो कारोबार बन्द गराउन बुधबार नै राष्ट्र बैंकले निर्देशन दिएको हो । जसको कार्यान्वयन गर्दै बैंकले बिहिबार आफ्नो वेव साइटमा स्टयाण्डर्ड कल ‘स्वाप इन/स्वाप आउट’ साउन २४ गतेदेखि बन्द गरिएको सुचना सार्वजनिक गरेको छ ।

नियामकको निर्देशन उल्लंघन गर्दै एनआइसी एशिया बैंकले कल एकाउण्ट मै बचतको ब्याज दिन थालेको विषयमा सिंहदरबारले मंगलबार समाचार प्रकाशित गरेको थियो । बैंकको गैरकानुनी कारोबार सम्बन्धी सञ्चार माध्यममार्फत सुुचना प्राप्त भएपछि एनआइसी एशियाको सो योजना बन्द गर्न मंगलबार नै निर्देशन दिइएको नेपाल राष्ट्रको वाणिज्य बैंक सुपरिवेक्षण विभाग प्रमुख कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बैंकले कल खातामा आउने पैसालाई संस्थागत मुद्धतीमा राखेर (प्रि म्याच्योड) अग्रिम परिवक्क गराएर उच्च ब्याजदर दिने योजना ल्याएको रहेछ, जुन विषय हामीले मिडियामार्फत् थाहा पायौं,’ कार्यकारी निर्देशक ढकालले सिंहदरबारसँग भने, ‘३ महिना अगावै मुद्धती खाताको निक्षेप झिक्न नपाउने राष्ट्र बैंकको निर्देशन हो, त्यसैले यस्तो योजना रोक्न निर्देशन दिइसकेका छौ ।’
बैंकहरुले नियामक निकायले दिएको निर्देशनमा ‘लुप होल’ खोज्दै कारोबार गर्दा पछिल्लो समय बैंकहरुमा विकृति बढ्न थालेको उनको भनाइ छ ।

राष्ट्र बैकले तोकेकोे ब्याजदर नीति
बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्धती, संस्थागत मुद्धती, साधारण बचत, चल्ती र कल निक्षेप खाता सञ्चालन गर्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत कम संस्थागत निक्षेपको ब्याज निर्धारण गर्नु पर्ने व्यवस्था गरेको छ । तर, राष्ट्र बैंकले गत सातादेखि यस्तो खाताको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत हुनु पर्ने व्यवस्था गरिसकेको छ ।

यस्तै, राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ब्याजदर अर्थात् व्यक्तिगत मुद्धतीमा ५ प्रतिशतको अन्तर राखेर सोभन्दा कम ब्याज साधारण बचतमा निर्धारण गर्न सक्नेछन् भने साधारण बचतको ५० प्रतिशत कम कल निक्षेपमा ब्याज दिन पाउँछन् । तर, चल्ती खातामा भने ब्याज दिने पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साधारण बचतमा संस्थागतले निक्षेप जम्मा गर्न पाँदैनन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले न्युनतम ३ महिनासम्म जम्मा गरिने निक्षेपलाई मात्रै मुद्धती खातामा दिइने ब्याज दिन पाउँछन् । अन्यथा साधारण बचत, कल निक्षेप वा चल्ती खातामा निक्षेप राखी सोही अनुसार ब्याज दिनु पर्ने राष्ट्र बैंकको प्रावधान हो । थोरै ब्याजदरको कल खातामा जुन समयमा पनि पैसा राख्न झिक्न पाउने व्यवस्था छ तर मुद्धती खातामा भने न्युनतम ३ महिना पैसा जम्मा गर्नु पर्छ ।

साधारण बचतमा संस्थागतले निक्षेपकर्ताले पैसा जम्मा गर्न नपाउने र मुद्धती खातामा जम्मा पैसा ३ महिनासम्म झिक्न नपाउने भएपछि एनआइसी एशिया बैंकले राष्ट्र बैंकलाई नै झेल गर्दै दिइएको निर्देशन उल्लंघन गरेको हो ।

बैंकको स्ट्रक्चर कल ‘स्वाप इन/स्वाप आउट’ योजना
बैंकले भने संस्थागत निक्षेपलाई आर्कषित गर्दै साउन पहिलो सातादेखि स्ट्रक्चर कल ‘स्वाप इन/स्वाप आउट’ योजना ल्याएर निक्षेप संकलन गर्न थालेको थियोे । सो योजनामा संस्थात मुद्धतीमा जम्मा निक्षेप ३ महिना अगावै झिक्न पाउने व्यवस्था बैंकले गरेको छ । जसका लागि बैंकले ४ प्रतिशत ‘चार्ज’ लिने उल्लेख गरेकोे छ ।

बैंकले साधारण बचतमा ६.०३ प्रतिशत र संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत ब्याज दिएको थियो । गत साउन १८ गतेयता संस्थात मुद्धतीमा बैंकले ९.०३ प्रतिशत ब्याज निर्धारण गरेको छ । साधारण बचतको भन्दा ५० प्रतिशत ब्याजदर कल कल निक्षेपमा दिनुपर्ने राष्ट्र बैंकको प्रावधान अनुसार बैंकले कल निक्षेपमा ३.०३ प्रतिशत ब्याज दिन पाउँछ ।

साउन १८ गते अघिसम्म बैंकको ब्याजदर अनुसार बैंकले संस्थागत मुद्धतीमा १०.०३ प्रतिशत संस्थागत निक्षेपमा ब्याज दिइरहेको थियो । जुन ब्याजदरमै बैंकले कल निक्षेपमा राख्नु पर्ने पैसा संस्थागतमा राखी पैसा जम्मा गरेको भोलीपल्टै वा ३ महिना अगावै ४ प्रतिशत चार्ज लिएर पैसा निक्षेपकर्तालाई फिर्ता दिएको हो । यसले गर्दा सो योजनामा जम्मा भएको निक्षेपलाई समय अगावै झिक्दा ग्राहकले ४ प्रतिशत चार्ज तिरेरपनि ६.०३ प्रतिशत ब्याज पाउँछन् ।

यसले गर्दा कल निक्षेपकर्ताहरुले बैंकमा संस्थागत मुद्धतीमा पैसा जम्मा गरि कल निक्षेपमा पाइने भन्दा डबल ब्याज पाइरहेका थिए । बैंकले यस्तो योजना नल्याएको भए सो निक्षेपलाई कल खातामै राखी ३.०३ प्रतिशत ब्याज बुझ्नु पर्ने बाध्यता संस्थागत निक्षेपकर्ताको थियो । बैंकले संस्थागत निक्षेपकर्तालाई दिने प्रोडक्ट अफरमा उल्लेख गरेअनुसार स्ट्रक्चर कल ‘स्वाप इनरस्वाप आउट’ योजना ग्राहकलाई उच्च ब्याज दिनको लागि ल्याइएको हो । जसमा कल खाताको निक्षेपले पनि मुद्धती कै ब्याज पाउने उल्लेख छ ।

यसका लागि २ करोड रुपैयाँभन्दा बढी कल खाताको निक्षेपबाट आधा निक्षेप ३ महिने संस्थागत मुद्धतीमा ट्रान्सफर गरिन्छ । जसको ब्याजदर १०.०३ प्रतिशत हुनेछ ।
यस योजनामा बैंकले कल निक्षेपलाई मुद्धती निक्षेपमा ट्रान्सफर गरिने समय र परिमाणहरुको सीमा लगाइ ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्धती खाताको पैसा ३ महिना पछि परिपक्क भएरमात्रै तोकिकएको ब्याज दिएर ग्राहकलाई फिर्ता दिन पाइने भएपनि बैंकले सो नगरी ४ प्रतिशत चार्ज लिएर दिने योजना ल्याएको थियो ।

राष्ट्र बैंकको निर्देशनको उल्लघंन गर्दै एनआइसी एशिया, कल एकाउण्ट मै बचतको ब्याज दिँदै

GBIME

प्रतिक्रिया दिनुहोस्