‘सरकारी स्टक एक्सचेञ्जलाई चुस्त बनाउन भएपनि ५ अर्ब निजी लगानीको नयाँ स्टक ल्याउनु पर्छ’

नेपाल स्टक एक्सचेञ्जलाई गैर नाफामुलक संस्थाबाट नाफामुलक संस्थामा परिणत गर्न २०६३/०६४ सालमै निजीकरण गरेर सुधार गर्ने भनिएको थियो । तर, यो विषय उठान भएको १४/१५ वर्ष पुरा भइसक्दा पनि त्यो काम हुन सकेको छैन । नेपाल स्टक एक्सचेञ्जमा धेरै संरचनात्मक समस्याहरु छन् । नेपाल स्टक सरकारी स्वामित्वको भएका कारण त्यो सस्या हल गरेर पुँजी बजारको विकास गर्न सकिँदैन । समान्य ब्रोकर शुल्क घटाउनु पर्दा समेत सरकारको स्वीकृति लिनु पर्छ । नेप्सेको नियमनकारी निकाय सेबोन नै भएपनि सरकारी हस्तक्षेप भएकै कारण नियमनकारीको भुमिका बोर्डले निभाउँन सक्दैन । अहिले दैनिक २२ अर्ब रुपैयाँ बढीको कारोबार हुन्छ । बजार पुँजीकरण पनि देशको जीडीपीको आकार सो सरह पुगी सक्यो । अब नेपाल स्टकले मात्रै पुँजी बजारको लागि केही योगदान गरेर विकास विस्तार सम्भव छैन । त्यसैले निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व हुने गरी नयाँ स्टक एक्सचेञ्ज ल्याउनु पर्छ । नेपालको पुँजी बजारको लागि २ वटा स्टक एक्सचेञ्ज आवश्यक छ त्यो भन्दा बढी भने आवश्यक छैन । नेपालको पुँजी बजारको वर्तमान स्थिति भनेको सन् १९५०/९५ मा भारतको बम्बे स्टक एक्सचेञ्जको जस्तो भएको छ । बम्बे स्टक एक्सचेञ्ज पनि सरकारी स्तरको थियो । सुधार नभएपछि त्यहाँको नियामक निकायले सन् १९९५ मा अत्याधुनिक प्रविधि सहति नेशलन स्टक एक्सचेञ्ज ल्याएर बम्बे स्टकलाई प्रतिस्पर्धी थपेको थियो । त्यसपछि मात्रै बम्बे … Continue reading ‘सरकारी स्टक एक्सचेञ्जलाई चुस्त बनाउन भएपनि ५ अर्ब निजी लगानीको नयाँ स्टक ल्याउनु पर्छ’