Shikhar Insurance

उचाईमा पुग्ने प्रण गर्दै नेशनल लाइफको बिजनेश लिडर्स कन्क्लेभ: अब मिसन अग्रस्थान

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १९:४८
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिसहति बिजनेश कन्क्लेभ आयोजना गरेको छ । कम्पनीले उचाईमा पुग्ने प्रण अर्थात ‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ आयोजना गरेको हो । कार्यक्रममा गत आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत समेत गरिएको थियो ।

जीवन बीमा व्यवसायको वर्तमान र आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कन्क्लेभ आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बताए । सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सिईओ खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व रहेको बताएका थिए ।

उनले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउन अधिकतम प्रयास गर्नुपर्ने बताएका थिए । कर्मचारीहरुकोे व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले केएफए बिजनेश स्कूलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागि कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आव २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगाएत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्