Shikhar Insurance

प्रिओपा सेसनमा नेप्से २.९४ अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २६, बिहीबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । बिहिबार प्रिओपन सेसनमा नेप्से परिसूचक २.९४ अंकले बढेर २,०५९.८३ को विन्दु पुगेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२१ अंकले बढेर ३९५.९६ को विन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार प्रिओपन सेसनमा २० कम्पनीको ९ सय २५ कित्ता सेयर ५ लाख ८७ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको १३ कम्पनीको सेयर मूल्य बढेको छ । ५ कम्पनीको घटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नेश्नल फाइनान्स लघुवित्तको सबैभन्दा बढी कारोबार भएको छ । लघुवित्तको २ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सो सेसनमा ५ कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ । भने, ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको सेयर २ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचक ६ वटा बढेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्