Shikhar Insurance

सिद्धार्थ क्यापिटलले दुई म्युचुअल फन्डकाे प्रतिफल वितरणका लागि बुक क्लोज मिति कहिले?

सिंहदरबार संवाददाता
२०७९ श्रावण २६, बिहीबार १६:४६
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ क्यापिटलले दुई म्युचुअल फन्डका लगानीकर्तालाई प्रतिफल दिने भएको छ । क्यापीटलले गत आर्थिक वर्षको लागि सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ का इकाइ धनीहरुलाई ९ र १० प्रतिशतले प्रतिफल सवतरण गर्न लागेको हो ।

क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सिद्धार्थ इन्भेष्टमेन्ण्ट ग्रोथ स्किम २ इकाइ धनीहरुलाई र सिद्धार्थ इक्विटी फन्डको इकाइधनीहरुलाई प्रतिफल वितरणको गर्ने निर्णय भए अनुसार भदौ ७ गतेको लागि बुक क्लोज मिति तोकेको छ । क्यपिटलको सिद्धार्थ इन्भेष्टमेन्ण्ट ग्रोथ स्किम २ का इकाइ धनी र सिद्धार्थ इक्विटी फन्डको इकाइधनीहरुले भदौ ६ गते सम्म नेप्सेमा सूचिकृत भइ काम गरेको इकाइ धनीले मात्र प्रतिफल पाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

क्यपिटलले सिद्धार्थ इन्भेष्टमेन्ण्ट ग्रोथ स्किम २ का इकाइ धनीहरुलाई कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । यस म्युचुअल फन्डका लगानीकर्ताहरुले १२ करोड रुपैयाँ बराबरको प्रतिफल प्रप्त गर्ने छ ।

क्यापिटलले सिद्धार्थ इक्विटी फन्डको इकाइधनीले पनि कर सहित ९ प्रतिशत प्रतिफल प्रप्त गर्नेछ । यस सिद्धार्थ इक्विटी फन्डको इकाइधनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल प्रप्त गर्ने भएको हो । उक्त फन्डहरु सेयरधनीको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्