Shikhar Insurance

उपभोक्ता हितविरुद्ध कारोबार गर्ने ५ फार्मलाई जरिवाना

सिंहदरबार संवाददाता
२०७९ श्रावण २६, बिहीबार १५:३०
NIMB
Nabil Bank

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका ५ व्यावसायिक फार्मलाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा हेटौँडा बजार अनुगमनका क्रममा खटिएको टोलीले उक्त व्यवसायीलाई जरिवाना गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार अनुगमनका क्रममा अनुमतिबिना सञ्चालन, अखाद्य वस्तुको प्रयोग, अस्पतालमा क्षमताभन्दा बढी शय्या राख्ने, होटलमा सरसफाइ नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको र बिक्री मूल्यमा कमी–कमजोरी पाइएपछि कारबाहीस्वरुप जरिवाना गरिएको हो ।

हेटौंडा बजारमा रहेका र कारबाहीमा परेका आँगन स्वीटस् एण्ड फास्टफुडलाई २० हजार, राजधानी स्वीटस्लाई २० हजार, अल्फा डेन्टललाई ५ हजार, इपिपी जनरल अर्डर सप्लायर्सलाई १५ हजार न्यू यु एण्ड आइ सुसेन्टरलाई १० हजार जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै अनुमतिविपरीत सञ्चालनमा रहेका नेशनल पोलिक्लिनिक बन्द गराइएको तथा एक हप्ताभित्र अनुमति लिन निर्देशन दिइएको सहायक प्रजिअ गैरे जानकरी दिए । जिल्ला प्रशासन कार्यालयका अनुसार कुल ५४ व्यावसायिक फार्मको अनुगमन भएको थियो । तीमध्ये होटल स्वीटस् तथा फास्टफुड पसल ११ , अस्पताल तथा स्वास्थ्य संस्था छ, सुपर मार्केट तथा गोदाम घर दुई हार्डवेयर पसल १० र फेन्सी पसल नौ को अनुगमन भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा विषयगत कार्यालय, हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य महासङ्घ तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्