Shikhar Insurance

माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाइ नेपाल पे’ क्यु.आर.कोड हस्तान्तरण

सिंहदरबार संवाददाता
२०७९ श्रावण २७, शुक्रबार १२:२१
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाइ नेपाल पे’ क्यु.आर.कोड हस्तान्तरण बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्धारा प्रर्वद्धित ‘नेपाल पे’ क्यु.आर. कोड हस्तान्तरण गरेको छ । उक्त नेपाल पे क्यु.आर. बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले एक औपचारिक कार्यक्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महा प्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा शुरू गरिएकाे बैंकले उल्लेख गरेकाे छ ।  नेपाल पे को क्यु.आर. सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम–स्मार्ट (मोबाइल बैंकिङ एप्लिककेशन अफ एमबीएल) मार्फत भुक्तानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाइ नेपाल पे’ क्यु.आर.कोड हस्तान्तरण  बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्